आजको मौसम

काठमाडौं ! हाल नेपालमा स्थानीय वायु र भारतको  उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।  प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षा भइरहेको छ।देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि  मौसम सामान्यतया सफा  रहेको छ।

शनिबार प्रदेश १, मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन / चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *