मौसम

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय वायु प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय वायु प्रणालीको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसै कारण आज पनि मौसम बदली रहने र कथिपय भूभागमा वर्षा हुने महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले प्रदेश १ का तराई भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्याकामा पनि मौसम धुम्म छ ।

आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

राति पनि देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का वर्षा हुन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *