आजको मौसम : काठमाडौं उपत्यकासहित मुलुकका केही स्थानमा पानी पर्ने

काठमाडौं ! काठमाडौं उपत्यकासहित मुलुकका केही स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ। मेघ गर्जनसहित पानी परेको हो।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको पनि महाशाखले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *