मौसम : यो हप्ता देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौ ! हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली  रहनेछ र देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार देशको गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १ का थोरै स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशको गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ।  गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *