आजको मौसम : विभिन्न स्थानमा चट्याङ सहित पानी पर्ने

काठमाडौँ- नेपालमा न्युन चापिय रेखासँगै स्थानीय वायुको प्रभाव  रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ सँगै मुलुकका अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा क्षणिक र हल्का वर्षाको आँकलन गरिएको छ ।

शनिबार पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

राति प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *