काठमाडौँ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भू-भागमा भने मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।
विभागका अनुसार यी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली छ। बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली छ।
दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।