यस्तो छ आजको मौसम

काठमाडौं । शुक्रबार दिनभरजसो पानी परेको थियो । पानी परेका कारण मुलुकभरी चिसो बढेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिउँ परेको छ ।

काठमाडौं उपत्यकामाथिका डाँडातिर पनि उल्लेखनीय हिउँ परेको थियो । त्यस्तै शनिबार आज पनि मुलुकका केही भागमा पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार (आज) प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने मौसमविदहरुले बताएका छन् ।

त्यस्तैगरी अन्य प्रदेशमा आंशिक वदली रहने बताइएको छ । प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना बताइएको छ । त्यस्तै

देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *