आजको मौसम

काठमाडौँ । देशका केही ठाउँमा मंगलवार पनि वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ । अरु धेरै ठाउँमा भने मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरू तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई ठाउँमा हिउँ पनि पर्न सक्ने सम्भावना पनि रहेको छ ।