आजको मौसम

काठमाडौं ! हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ।

यतिबेला (मंगलबार बिहान) कोसी, मधेस र बागमती प्रदेशको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ।

त्यसैगरि देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

आज अपरान्हपछि कोसी र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।