काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभएको पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार आज देशभर मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मुख्यतया सफा रहने पूर्वानुमान छ। त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ।