आजको मौसम

काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा तथा हिमपातका कारण दैनिक जीवनमा असर पर्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल तीन प्रदेशको मौसम आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको हो ।

अन्य स्थान भूभागको मौसम भने मुख्यतया सफा रहेको महाशाखाको भनाइ छ । त्यस्तै तराई क्षेत्रमा भने हुस्सु लागेको अवस्था रहेको छ ।