काठमाडौं ! उपत्यकामा आज थप चिसो बढेको छ। चिसो बढेसँगै पछिल्ला केही दिनदेखि न्यूनतम तापक्रममा रेकर्ड बनिरहेको छ । आज काठमाडौं उपत्यकाको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ।
बिहान मापन भएको तापक्रम यो वर्षकै कम हो ।यसअघि हिजो ३ दशमलव ९ डिग्री सेल्सियस न्युनतम तापक्रम मापन भएको थियो। काठमाडौंमा माइससम्म तापक्रम पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखामा रेकर्ड छ। गत वर्ष भने २ दशमलव १ डिग्री सेल्सियसम्म तापक्रम पुगेको थियो।
तापक्रम घटेपनि आज मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए।
अहिले तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो पनि विराटनगर, जनकपुर र भैरहवा लगायतका स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेको उनको भनाइ छ। आज वर्षा र हिमपातको भने सम्भवाना नरहेको महाशाखाले जनाएको छ।