आजको मौसम

काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

राति पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।