मुख्यमन्त्री राईले भ्वाइस अफ नेपाल सिजन-३ का बिजेता किरणलाइ दिनुभयो सम्मान तथा बधाई

काठमाडौ ! प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आज भ्वाइस अफ नेपाल सिजन-३ का विजेता किरण गजमेरलाइ सम्मान बधाई तथा शुभकामना दिनुभएको छ।मुख्यमन्त्रीको कार्यकक्ष बिराटनगरमा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री राईले बिजेता गजमेरलाई खादा ओढाई मायाको चिनो प्रदान गर्नुभएको थियो।
भ्वाइस अफ नेपाल सिजन-३ को सस्करण गत शनिवार मात्र सकिएको थियो।उक्त प्रतिस्पर्धामा अमेरिका,भारत लगायत नेपालका विभिन्न ठाउबाट प्रतियोगीहरुले भाग लिएका थिए।दर्शकमाझ अत्यन्त लोकप्रीय यस् कार्यक्रममा किरणको सुरुवाती प्रस्तुति देखि नै दर्शकहरुले उनको गायकीलाइ मन पराएका थिए। टिम प्रमोदबाट उनले फाइनलमा प्रतिनिधित्व गरेका थिए र दर्शकहरुको भोटबाट उनी यस् सिजनको बिजेता बनेका छन।किरण यस सिजनमा अमेरिकाबाट भाग लिन नेपाल आएका हुन,उनी भुटानी शरणार्थीको रुपमा बिगत १२-१४ बर्ष अघि स-परिवार अमेरिका गएका थिए।Qw

Leave a Reply

Your email address will not be published. Required fields are marked *