भिजिट भिसामा विदेश हिँडेका ११ जनालाई अध्यागमनले फिर्ता

काठमाडौं : भिजिट भिसामा विदेश हिँडेका ११ जनालाई अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ ।

भ्रमण उद्देश्य नखुलाई दुबई, न्युजिल्यान्ड, दक्षिण कोरिया, कम्बोडिया र घाना हिँडेका उनीहरुलाई फिर्ता पठाइएको कार्यालयले जनाएको छ ।

उनीहरुको भ्रमण उद्देश्य स्पष्ट नभएको र आवश्यक कागजात पेश गर्न नसकेको अध्यागमनको भनाइ छ ।

पछिल्लो समय भिजिट भिसामा लगेर अलपत्र पार्ने घटना बढ्दै गएपछि अध्यागमन विभागले कडाइ गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *