प्रधानमन्त्री ओलीसँग जर्मनीका राजदूत पिन्जको शिष्टाचार भेट

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस पिन्जले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुुई देशबीच ६६ वर्षदेखि हुुँदै आएको कूटनैतिक र आर्थिक सम्बन्ध तथा आपसी हितबारे छलफल भएको छ । जर्मनी नेपालको एक ठुलो र पुुरानो विकास र व्यापारको साझेदार मुलुुृक हो । प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा जर्मनीप्रति आभार व्यक्त गर्नुभयो ।
भेटका अवसरमा प्रधानमन्त्रीको निजी सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुुहुुन्थ्यो ।