ओली, प्रचण्ड कोटेश्वरमा

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेपाल निवास कोटेश्वर पुग्नु भएको छ ।

यसअघि हिजो प्रधानमन्त्री प्रचण्ड मात्र उहाँको निवास पुग्नु भएको थियो । आज एमाले अध्यक्ष ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल,महासचिव शंकर पोखरेल लगायतका नेताहरु नेपाल निवास पुग्नु भएको हो ।

नेपाल निवास पुगेर ओली र प्रचण्डले नेपालको स्वास्थ्य अवस्था जानकारी लिदैँ चार दलीय गठबन्धमा सहभागी हुन र सरकारमा आउन आग्रह गर्नुका साथै बाम एकतालाई अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ।