राष्ट्र बैंकका गभर्नर अधिकारी र आईएमएफका मिसन चिफ किन्डाबीच भेटवार्ता

काठमाडौं ! नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपालको लागि अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डाबीच भेटवार्ता भएको छ। आज यी दुईबीच राष्ट्र बैंकमा भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपालको अर्थतन्त्र, राष्ट्र बैंकले लिएका नीति तथा आईएमएफले प्रदान गरेको विस्तारित कर्जा सुविधाबारे छलफल भएको राष्ट्र बैंकले जनाएको छ  ।

राष्ट्र बैंक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा रहेको बेला आईएमएफका मिसन चिफसँगको यो भेटलाई चासोका साथ हेरिएको छ । टिडाइन किन्डा आईएमएफका एशिया प्रशान्त क्षेत्रका प्रमुख समेत हुन् ।