एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज शुक्रबार भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा सोमबारबाट बस्ने सदनको बैठकको बारेमा छलफल भएको जनाइएको छ ।