प्रधानमन्त्री दाहाल र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
उहाँहरु बिच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भेटवार्ता भएको हो।
त्यस अवसरमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
साथै उनीहरूबीच लगानी र श्रम सहयोगबारे पनि विचार आदानप्रदान भएको थियो ।