एमाले अध्यक्ष ओलीसँग एमसीसीका कार्यकारी निर्देशकद्वारा शिष्टाचार भेट

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कार्यकारी निर्देशक एलेक्स अलवाइडले शिष्टाचार भेट गर्नुभएको छ ।

नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सोमबार साँझ (२०८० असोज १५ गते) भएको भेटमा उहाँहरूबीच एमसीसी परियोजना कार्यान्वयनका विषयमा कुराकानी भएको थियो ।
एमसीसीका कार्यकारी निर्देशक अलवाइडले एमसीसी परियोजना कार्यान्वयनको समयावधि अब एकबर्ष ११ महिना बाँकी रहेकाले तोकिएको समयमा सम्पन्न होस् भन्ने चाहना व्यक्त गर्नुभएको थियो ।

भेटमा अध्यक्ष ओलीले एमसीसी परियोजना सहमति अनुसार अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराईले वताउनुभयो ।

भेटमा अध्यक्ष ओलीका साथमा पार्टीका उपमहासचिव विष्णु रिमाल, परराष्ट मामिला विभाग प्रमुख डाक्टर भट्टराई र कार्यालय सचिव डा.भीष्मनाथ अधिकारी हुनुहुन्थ्यो ।