सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं ! सरकार र विद्यालय शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूबीच बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको छ।

पुनः छलफलमा बस्नेगरी आज बिहानको वार्ता बिनानिष्कर्ष टुंगिएकाे हाे।

आन्दोलनरत शिक्षक र सरकारबीच आज बिहान ८ बजेदेखि वार्ता सुरु भएको थियाे। एक घन्टाभन्दा बढी छलफल भए पनि  दुवै पक्षबीच सहमति हुन नसक्दा वार्ता बिनानिष्कर्ष टुंगिएकाे हाे।

वार्ताका क्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षकहरूलाई पढाइ नरोक्न आग्रह गरेका थिए। उनले जायज माग सम्बाेधन हुने आश्वासनसमेत दिए।

गृहमन्त्री श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी सरकारकाे तर्फबाट वार्तामा बसेका थिए भने आन्दोलनरत शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरू सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *