काठमाडौं ! परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भेटघाट भएको छ।
भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो। यसैगरी, दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो।
भेटघाटको अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी थिए। रासस