एमाले महासचिव पोखरेल र सीपीसीका पोलिटव्यूरो सदस्य जियाजुनबीच भेटवार्ता

चीन । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)को निमन्त्रणामा जनवादी गणतन्त्र चीन भ्रमणमा रहनुभएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनबीच आज भेटवार्ता भएको छ ।
महासचिव पोखरेल र चीनको सबैभन्दा ठुलो महानगर छोङछिङ शहर कमिटीका सचिव समेत रहनुभएका जियाजुनसँग छोङछिङमा भेटवार्ता भएको हो ।
भेटमा सीपीसीका पोलिटव्यूरो सदस्य जियाजुनले नेपाल र चीनबीचको सम्बन्ध पुरानो र घनिष्ठ रहेको बताउनुभयो । नेपाल एक चीन नीतिप्रति दृढ र प्रतिबद्ध रहेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– चीन बिरोधी गतिविधि नेपालले अस्वीकार गरेकोमा हामी खुशी छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *