एमाले अध्यक्ष ओलीसँग अमेरिकाकी राजदूत डिन आर. थम्पसनको शिष्टाचार भेट

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ ।
अध्यक्ष ओलीको निवास बालकोटमा आज भएको भेटमा राजदूत थम्पसनले समसामयिक राजनीतिक विषयमा चासो राख्नुभएको थियो भने अध्यक्ष ओलीले ती विषयमा आफ्ना धारणा जानकारी गराउनुभएको थियो ।
भेटमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराई पनि सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *