एलिजा गौतम एमाले अध्यक्ष ओली भेट्न बालकोटमा : भन्छिन्- बुवाको मार्गदर्शनप्रति अनुग्रहित छु

काठमाडौं ! नागरिक उन्मुक्ति पार्टीकी पूर्व नेतृ तथा कलाकार एलिजा गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेकी छिन्।

गौतमले आइतबार साँझ बालकोट पुगेर ओलीसँग भेटघाट गरेकी हुन्।

उनले अध्यक्ष ओलीसँगकाे भेटमा सद्भाव, माया, आशीर्वाद, प्रेरणा र ऊर्जा पाएकाे उल्लेख गरेकी छन्।

गौतमले फेसबुकमा लेखेकी छन्, ‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता। भेटमा बुवाले दर्शाउनु भएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, उर्जा र मार्गनिर्देशनप्रति अनुग्रहित छु। आजको भेटमा यहाँको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ। बुवासँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने मेरो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्नेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *