राष्ट्रपति पौडेल र युरोपेली संघका राजदूतको शिष्टाचार भेट

काठमाडौँ !  राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले शिष्टाचार बिदाइ भेट गरेकी छन्।

आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र युरोपेली संघबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले युरोपेली संघले नेपालको विकास साझेदारका रूपमा पुर्‍याएको सहयोगका लागि धन्यवाद दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *