एमाले महासचिव पोखरेल र चिनियाँ टोलीबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनाको टोलीले भेट गरी रेलमार्गसँग सम्बन्धित विषयमा छलफल गरेको छ ।

 

आइतबार  पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा भएको भेटमा महासचिव पोखरेलसँग चिनियाँ टोलीले केरूङ–काठमाडौं–लुम्बिनी रेल मार्ग निर्माणबाट हुने आर्थिक, सामाजिक विकास र त्यस क्षेत्रको जनजीवनमा ल्याउने परिवर्तन लगायत विभिन्न पक्षहरूका बारेमा जिज्ञासा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *