एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । साउन २० गतेदेखि प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि सकिँनै लाग्दा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासँग बालुवाटारमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भएकोले ओलीसँग छलफल गरेको सचिवालय स्रोतले जनाएको छ । प्रमुख प्रतिपक्षी दलका नेता पनि परिषद्मा सदस्य हुने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *