भारतीय समकक्षी जयंशकरसँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता

काठमाडौं ! परराष्ट्र मन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयंशकरबीच थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा दुई समकक्षीबीच वार्ता भएको हो ।

बैंककमा भएको बिम्स्टेकका विदेशमन्त्रीहरूको दुई दिने बैठकका क्रममा भएको ‘साइडलाइन’ वार्ता उपलब्धिमूलक भएको दुवै पक्षले जनाएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *