शीर्ष नेताबीचको छलफल : प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याई माफी माग्ने र एमालेले संसद अवरोध नगर्ने

काठमाडौं ! प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । शीर्ष नेताहरूको बैठकपछि गएकाे बुधवारदेखि भइरहेकाे प्रतिनिधिसभाको अवरोध आज आइतवारदेखि हट्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउन प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउने र माफी माग्ने सहमति भएको एमालेका नेताले जानकारी दिनुभयो।

गएकाे बुधबारदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलले सङ्घीय संसद्का दुवै सदनको बैठकमा अवरोध गर्दै आएका छन् । सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रमुख दलका शीर्ष नेतासँग संवाद गर्न आज बिहान सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले आग्रह गरेका थिए ।

सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *