एमाले अध्यक्ष ओलीलाई भेट्न चिनियाँ राजदूत च्यासलमा

काठमाडौं ! नेपालका लागी चीनका राजदूत चेन सोङले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ। राजदूत सोङले आज एमाले मुख्यालय च्यासलमा पुगि एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्नु भएको हो।

उक्त भेटमा समसामयिक बिषय र दुई छिमेकी देशबिचको प्रगाढ सम्बन्धको बारेमा छलफल भएको जनाइएको छ।
उक्त भेटवार्तामा एमालेका तर्फबाट उपमहासचिव बिष्णु रिमाल,नेतृ अन्जान शाक्य पनि सहभागी हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *