यस्ता छन् नेपाल र भारतबीच भएका ७ सम्झौता

काठमाडौं ! नेपाल र भारतबीच विभिन्न ७ वटा सम्झौतामा हस्ताक्षर भएको छ  । आज नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा यसबारे सम्झौता भएको हो ।

यस्ता छन् ७ सम्झौता :

१. संशोधन गरिएको नेपाल भारत पारवहन सम्झौता नवीकरणको सम्झौता

२. पश्चिम बंगालको सिलिगुडी पानीट्यांकीदेखि झापाको काँकडभिट्टासम्म सीमापार पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौता ।

३. अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तारका विषयमा सम्झौता ।

४. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान  नेपाल र सुष्मास्वराज इन्स्टिच्युट फर फरेन अफेयर्स इण्डियाबीच सम्झौता

५. ४८० मेगावाटको  फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको सम्झौता। यो आयोजना भारतको राष्ट्रिय जलविद्युत् कम्पनी (एनएचपिसी)ले निर्माण गर्ने सहमति भएको हो।

६ . क्रस बोर्डर भुक्तानीको लागि नेपालको एनसीएचएल र भारतको नेसनल पेमेन्ट कर्पोरेसनबीच सम्झौता ।

७. ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना भारतको सरकारी कम्पनी सतलज जलविद्युत् निगमले निर्माण गर्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ । यस आयोजनाबाट नेपालले निःशुल्क २१% विद्युत् पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *