सत्तापक्षको बनावटी दोषारोपणको समाधान खोज्न शिर्ष नेताहरुको बैठक सिंहदरबारमा जारी

काठमाडौँ । संसदमा देखिएको गतिरोध अन्त्यको समाधान खोज्न सिंहरदरबारमा अहिले सत्तापक्ष र प्रतिपक्षबीच छलफल भइरहेको छ ।

प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तापक्षका नेता र अध्यक्ष केपी शर्मा ओलीलगायत प्रमुख प्रतिपक्षी एमालेका नेताबीच छलफल भइरहेको हो ।

उक्त बैठकबाट सत्तापक्ष र प्रमुख प्रतिपक्षीले गतिरोध समाधानको बाटो खोज्ने जनाइएको छ। सत्तापक्षबाट एमालेका नेताहरुको नाममा एकोहोरो बनावटी दोषारोपण गरेपछि एमाले चिढिएको थियो। सोही कारण शुक्रबारबाट एमालेले संसद अवरुद्ध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *