एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं ! सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।​

आजको भेटबारे केही नखुलाइएपनि नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बाहिर देखिरहेका परिदृष्य बारे छलफल भएको बुझिएको छ। दोषी उम्कन नहुने र राजनैतिक प्रतिशोधकै आधारमा कसैमाथि दोषि देखाउन नहुने एमालेको अडान छ। एमाले पार्टी सचिव टोप बहादुर रायमाझीलाई समेत आरोप लागेपछि सत्यतथ्य छानबिन होस् भन्ने पक्षमा एमाले रहेको छ तर आरोपकै भरमा राजनैतिक प्रतिशोध देखाएर फसाए सह्य नहुने चेतावनीपनि दिएको छ।

एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिबारे पनि छलफल भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *