प्रधानमन्त्री दाहाल भेट्न लामिछाने बालुवाटारमा : सरकारलाई दिएको समर्थन सोमबार फिर्ता हुनसक्ने

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान सभापति लामिछाने पुगेका र उनीहरुबीच भेटवार्तामा द्विपक्षीय छलफल भएको बताइएको छ।

प्रधानमन्त्री प्रचण्डले बैशाख १० को उपनिर्वाचनमा पुनः निर्वाचित लामिछानेलाई बधाई दिएको उनको सचिवालयले बताएको छ। बधाईकै क्रममा प्रधानमन्त्री दाहालले रास्वपापनि सरकारमा सहभागी भै सहयोगको प्रस्ताव गरेका थिए।जवाफमा लामिछानेले यो बिषयमा पार्टीले निर्णय गर्ने भएकाले आफू एक्लैले भन्ने बिषय नरहेको बताएका थिए। उनले सरकारलाई समर्थन गर्दा आफुहरुका एजेन्डाहरु मिल्नुपर्ने भएकाले हाल आफ्नो सिद्धान्त र सरकारका एजेन्डा विपरीत रहेको तर्क गरेको स्रोतले जनाएको छ। लामिछानेको उक्त तर्कपछि प्रधानमन्त्री दाहाल निरास बनेको रास्वपा स्रोतले जनाएको छ। रास्वपाको केन्द्रिय कमिटी र संसदीय दलको बैठक सोमबार बस्दैछ,उसले उक्त बैठकबाटै सम्भवतः सरकारलाई दिएको समर्थन फिर्ता लिने योजना बनाएको रास्वपा स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *