प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाबीच भेटवार्ता

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। संसदको हिउँदे अधिवेशन अन्त्यको छलफलका लागि उहाँहरुबीच भेटवार्ता भएको जनाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले रूसको संघीय संसद उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमण बारे जानकारी गराएको उहाँको सचिवालयले जनाएको छ।

साथै संवैधानिक परिषदसम्बन्धी विधेयक पारित गरेर  संसद अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *