एमाले अध्यक्ष ओली निवासमा प्रधानमन्त्री प्रचण्ड,सभामुख घिमिरे र देउवासहित भेटवार्ता हुँदै

काठमाडौं ! संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र काङ्ग्रेस सभापति शेर बहादुर देउवा आज एमाले अध्यक्ष ओली निवास बालकोट जाँदै हुनुहुन्छ। उहाँहरु बिच अहिले बिहान ९ बजे बालकोटमा वार्ता हुँदैछ।

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएर आफ्नै निवास बालकोटमा आराम गरिरहनु भएको छ। सभामुख देवराज घिमिरेको पहलकदमीमा आज बालकोटमा उक्त बैठक हुन लागेको हो।

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले अध्यक्ष ओलीलाई स्वास्थ्य लाभको कामनासहित संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *