अर्थमन्त्री डा. महत र एडीबी कन्ट्री डाइरेक्टरबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग एसियाली विकास बैंकका नेपाल निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नाउड काउचियोसले भेट गरेका छन् । बुधबार बिहान अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्रबारे छलफल भएको थियो ।

दातृ निकायसँग चरणबद्ध छलफल चलिरहेको र त्यसको एउटा सिलसिला आजको भेटघाट भएको मन्त्री डा. महतले जानकारी दिए । उनले भने, ‘दातृ निकायबाट प्राप्त सहयोग समयमा खर्च हुन नसकेको बारे उहाँहरुले चिन्ता व्यक्त गर्नुभएको छ । विकास निर्माण कार्यमा ढिला सुस्ती भएर ठेक्का प्रक्रियाका कामहरु अगाडि बढ्न नसकेकोमा पनि दातृ निकाय चिन्तित रहेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *