अर्थमन्त्री महत र गभर्नर अधिकारीबिच भेटवार्ता

काठमाडौं ! अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ। आज मंगलबार अर्थमन्त्रालयमा भएको भेटमा वर्तमान अर्थतन्त्र, ब्याजदर, शेयरबजार, बाह्य कारण,  बैंकिङ क्षेत्रका समस्या लगायतका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालायले जनाएको छ ।

अर्थमन्त्री भए लगतै डा. महतले भेटघाटलाई तिब्रता दिएका हुन् । उनले यस अघि नै शेयर लगानीकर्ता, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, निजि क्षेत्रका प्रतिनिधि लगायतसँग छलफल गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *