राष्ट्रपति पौडेल र स्पेनका लागि नेपाली राजदूत ढकालबीच भेटवार्ता : यी बिषयमा भए छलफल

काठमाडौं ! स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । राजदूत ढकालले शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा पुगि भेट गर्नुभएको हो।

भेटका क्रममा राजदूत ढकालले राष्ट्रपतिलाई स्पेनमा रहेका नेपाली समुदायको न्यानो अभिवादन र शुभकामना व्यक्त गर्दै नेपाल र स्पेनबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो । दुई देशबीचको द्विपक्षीय सहयोगलाई अझ प्रगाढ बनाउने उपायबारे छलफल भएको थियो । राष्ट्रपति पौडेलले नेपाल–स्पेन सम्बन्धलाई प्रवर्द्धन गर्न राजदूत ढकालको मेहनत र लगनशीलताप्रति खुशी व्यक्त गर्दै स्पेनमा रहेका नेपाली समुदायले स्पेनी समाजमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

उहाँले व्यापार, पर्यटन र लगानीलगायत आपसी हितका विभिन्न क्षेत्रमा स्पेनसँगको सम्बन्धलाई थप मजबुत बनाउने नेपाल प्रतिबद्धता दोहोर्‍याउनु भयो । राजदूत ढकालले राष्ट्रपति पौडेललाई स्वागत गर्नुभएकोमा धन्यवाद दिँदै दुई देशबीचको मित्रता र सहयोगलाई अझ प्रगाढ बनाउन काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।                                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *