सातै प्रदेशका प्रमुख र प्रधानमन्त्री दाहालबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश प्रमुखहरुको भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान प्रचण्डलाई भेट्न प्रदेश प्रमुखहरु पुग्नुभएको हो ।

भेटमा उहाँहरुले प्रदेश प्रमुख कार्यालयमा भएका समस्यालगायत विविध विषयमा छलफल गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याका समाधान गर्न प्रयत्न गर्ने आश्वासन दिनुभएको छ ।

नेपालको संविधानमा प्रत्येक प्रदेशमा संघीय सरकारको प्रतिनिधिको रुपमा एक जना प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *