भाइको शोकमा रहेका माधव नेपाललाई भेट्न एमाले अध्यक्ष ओली कोटेश्वरमा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुग्नु भएको छ।

अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल शोकमा हुनुहुन्छ।

शोकको बेलामा परिवारजनलाई समवेदना दिन अध्यक्ष ओली कोटेश्वरस्थित महादेवस्थान पुग्नु भएको हो। अध्यक्ष ओलीसँगै एमालेका अन्य नेताहरुपनि पुग्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *