राष्ट्रपति–सभामुख भेटवार्ता

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले मंगलबार भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराउनुभएको थियो ।

आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन प्रस्थान गर्दै हुनुहुन्छ ।

आईपीयु बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा सहरमा हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *