एमाले अध्यक्ष ओलीलाई भेट्न एसका नेता श्रेष्ठ बालकोटमा : समसामयिक बिषयमा छलफल

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका नेता किशान श्रेष्ठबिच मंगलवार दिउँसो बालकोटमा भेटवार्ता भएको छ । नेता श्रेष्ठ अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नु भएको थियो। समसामयिक राजनैतिक परिस्थिति र आसन्न राष्ट्रपतिको निर्वाचनमा एमालेले आफ्नो पक्षमा माहोल बनाउन लागिपरेको छ।

सभ्यखबर टिमले नेता श्रेष्ठलाई टेलिफोन सम्पर्क गरेर तपाईं अध्यक्ष ओलीसँग भेट्न जानुभएको हो?भनी प्रश्न गर्दा आफू आफ्नो पुर्व अध्यक्षलाई भेट्न जानू सामान्य भएको स्वीकार्नु भयो। नेता श्रेष्ठले भेटमा आत्मिय गफगाफ र समसामयिक राजनैतिक परिवेशबारे छलफल भएको जानकारी दिनुभयो।

एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने र एकीकृत समाजवादी एमालेमा समाहित हुने चर्चाले हाल नेपाली राजनीति र राष्ट्रपतिको निर्वाचन नयाँ मोडमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *