प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री रावलबीच भेटवार्ता

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएकाे छ । उहाँहरु बिच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे ।

मुख्यमन्त्री रावल विश्वासकाे मत जुटाउन काठमाडाैंमा शिर्ष नेताहरु सँगको भेटघाटमा हुनुहुन्छ । प्रधानमन्त्रीसँगको भेटमा समसामयिक राजनीतिक परिस्थिति,प्रदेश सरकारमा बिश्वासको मतका लागि भैरहेका प्रयास र बधाई साटासाट भएको जनाइएको छ। उहाँले यसअघि बालकाेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि विश्वासकाे मतबारे छलफल गरिसक्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *