प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच  भेटवार्ता भएको छ।

सभामुख घिमिरे प्रधानमन्त्रीलाई भेट्न सोमबार बिहान उनको सरकारी निवास बालुवाटार पुगेका हुन्।

भेटका क्रममा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ।

बिहीबार सभामुख निर्वाचित भएपछि प्रधानमन्त्रीसँग घिमिरेको पहिलो औपचारिक भेट हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *