अध्यक्ष तिमिल्सिना र चीनका राजदूत सङबीच भेट

काठमाडौं ! राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् ।

चीनको २२ औं राजदूतका रुपमा नेपाल आएका सङले बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेट गरेका हुन् । सो क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ, सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *