जनमत पार्टीका अध्यक्ष सीके राउतले भेटे राष्ट्रपति भण्डारीलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले भेट गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा मङ्गलबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भएको राष्ट्रपति भण्डारीको प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिए ।

प्रतिनिधिसभामा सप्तरी–२ बाट निर्वाचित भएपछि राउत भेटघाट र सम्वादका क्रममा छन् । यसअघि, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *