सत्ता साझेदार शीर्षनेताको बैठक : यस्तो छ छलफलको विषय

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता सहयात्री दुई प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसका शीर्षनेताहरूबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं कांग्रेसका नेता रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी हुनुहुन्छ ।

आजको सरकारलाई सहयोग हुने कानुनहरु/विधेयकहरु परिमार्जन,सत्यनिरुपण तथा मिलमिलाप आयोग लगायत विषयमा छलफल भएको जनाइएको छ। आजको बैठकमा बागमती प्रदेशमा देखिएको राजनैतिक गतिरोध अन्त्यका विषयमापनि छलफल भएको जनाइएको छ। आजको बैठकमा मन्त्रीहरू परिवर्तनबारे कुनै छलफल नभएको जनाइएको छ।